आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू
छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु

भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो
यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु

यस्तो ठानें मैले अब चुकाउन्न मुल्यहरू
राखेको त पत्तै पाइन उधारा ति खाताहरू

च्यातिनु नै जिन्दगीको नियतिलाई नजानेर
अन्जानैमा टासें कती कमसल ति गाताहरू

अभीष्टको कुनै पनी शंका पनी नदिएर
तोडी गयौ तिम्रा मेरा जोडिएका पाताहरू

आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू
छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *