यलपाली नि घर फर्की, आउन पाइन मैले
झरी परी भत्केको घर, छाउन पाइन मैले
पोहर सालको दशै त्यस्तै, अनि अहिले पनि
बाउआमाको हातको टिका, लाउन पाइन मैले
सम्झदैमा दिदीबहिनी, गयो तिहार पनि
यसपाली नि देउसिभैलो, गाउन पाइन मैले
गाउघरको याद सधै यो दिल भित्रै राखी
विवशको मामाघर नि, धाउन पाइन मैले