Skip to content

कल्पना गर्नु
कल्पनामा डुब्नु र
कल्पनामै उत्रनु

कल्पना एक विचार
कल्पना एक बुद्धि
कल्पना एक तर्क
अनि गणितीय भन्दा
धेरै गुणा शक्ति

कल्पनाले नै मानिस
विज्ञानलाई सार्थक पार्छन्
कलालाई भर्छन्
आध्यात्मीकतालाई जीवन बनाउँछन् ।

कवि इट्सको काव्य
व्यासको महाभारत
देवकोटाको मुनामदन
कल्पनाकै कृतिहरू हुन् ।
जीवनको लक्ष्यलाई
कल्पनामा उतार्दा
कल्पना साकार भइसकेको हुनेछ

कल्पनालाई
विगतदेखि वर्तमानसम्म
समेटिनुको अवस्था नै
भविष्यको लागि
सुधारचेतना बनाइनु
जीवनको उत्तम मूलधार हो ।

कल्पनाले नै
सुक्ष्म जीवाणुदेखि
अस्थिर हावासम्म पनि
मस्तिष्कको क्यानभासबाट
सफलताको आभास पाइएकै हुन्छ

कल्पना शक्ति वा विचार
पुनर्ताजगीकरण
लक्ष्य निर्धारण
कल्पनीकरण
लेखन अनि
वाचन र पुनर्लेखन
कल्पना सुझाव अनि
आत्मा सुझावकै मन्त्र

कल्पनाले नै
रकेफेलरले सबैभन्दा धनी
मोहम्मद अली सबैभन्दा महान
वाक्यांस मन्त्र
रिहर्सल वा अभिनय
अनि महान लक्ष्य
हासिल वा सफल बन्नसक्छ ।

कल्पनाले मानसिकताको परिवर्तन
शारिरीक क्षमताको परिवर्तन
गराउँदा भने जस्तै
आफुलाई धैर्यवान
सक्षम र गतिशील बनाउँदै
यो काल्पनिक सँसारमा
बाच्ने र हाँस्ने प्रयास
गर्नु र गराउनु पर्दछ ।

कल्पनाकै कारण
तपाई आफ्नो लक्ष्य
निर्धारण गर्न नसकेकोमा
पिडित हुनु पनि जरूरी छैन
किनकी
कल्पनाले हारहरूलाई
जीत बनाउने
विश्वविख्यात राजनेता
विन्सटन चर्चिलको
सफल काल्पनिक कुशलता
हामी माझ
एक उदाहरण बनेर रहेको छ
र रहने छ पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *