Skip to content

मनका कुरा नलुकाई, भनिदेउ न तिमी ।
असल अनि ज्ञानी प्रेमी, बनिदेउ न तिमी ।।

निर्दोष तिम्रा जिन्दगीका, हरेक पलहरू
आज फेरि पालैपालो, गनिदेउ न तिमी ।

बेहाल भयो जिन्दगी यो, खेप्नु पर्दा पिडा,
सकस अनि पिडा बीचै, कनिदेउ न तिमी ।

विवशलाई तिम्रो साथ, सँगै लाने भए,
स्वर्ग जाने बाटो आजै, खनिदेउ न तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *