जे परे नि भाग्य ठानी सहने कबुल थियो
पाउनु मात्रै माया ठान्यो त्यो नै तिम्रो भुल थियो
एक आर्काको लागि शायद हामी बनेकै थिएनौं
हाम्रो लक्ष्य काँडाबीचमा पहराको फूल थियो
थाहै थियो हामी बीचको निर्दयी त्यो मृत सागर
न त त्यहाँ डुंगा चल्थ्यो न त कुनै पुल थियो
खुशी छु म तिमी बिना भनी कसले सुनायो
त्यो त हाम्रो मायामा जल्ने आरिसेको हुल थियो
पुरुष परे आँसु झारी बगाउन नि सकिन तिमीलाई
नक्कल्ली हाँसो हासे पनि मुटुबिचमा सुल थियो
