Skip to content

ऐना हेर्दा आँफैलाई लाग्न थाल्यो लाज हजुर
मेरै मात्रै चर्चाचल्छ सङिनीको माज हजुर

सबै भन्छन “कतिछिटो तरुनी भाकी योत ”
सधैं जसो सोचाइमै बित्छ पुरै रात हजुर

दंग पर्छु कहीले काही आँफै हेर्दा आँफैलाई
खै किन हो मन्ले खोज्छ एकान्तको साथ हजुर

हैरान पार्छन तन्देरीले पच्छयाएर बाटाघाटा
भन्दिनुन के छ र ममा त्यस्तो खास हजुर

चुल्बुले हुन्छ मन बहकिन्छ घरी घरी
संका लाग्छ यै पो होकी जवानीको मात हजुर

के “अमरदीप”
हाल दुबइ

5 thoughts on “कुर्कुरे बैस”

  1. सह्राना को लागि धन्यावाद खुशी
    सह्राना को लागि धन्यावाद खुशी लाग्यो हजुरलाई मन परेछ। थ्याँक्स

  2. रविन जी र रोहन जी
    रविन जी र रोहन जी हजुरदुबैलार्ई एक्मुस्ट धन्यवाद!
    हजुर हरुको एक मात्रै हौसलाको शब्दले पनि हामी जस्ता बामे सर्दै गरेका साहित्य का पारखी हरुलाई लेख्ने प्रेरणा मिल्ने गर्छ। आगामी दिनहरुमा कमजोरीहरु पनि औलाई दिनुहुनेछ भन्ने

    आसा हर्दछु।

    शुभ-दिन

Leave a Reply to rohanrai Cancel reply

Your email address will not be published. Required fields are marked *