Skip to content

पुलिस्नी

आज कचहरे चौतारी मा मान्छे को ठुलो जमघट छ ।परापुर्बकाल देखिनै सान। तिना सबै खाले मुद्दा हरुको छल्फल र फैसला हरु यसै चौतारी बाटै गरिदै आएको छ। सयौ मुद्दा मामिला हरु यसै चौतारी बाट पार लागिसकेका छन्।त्यसैले नै यस चौतारी को नाम कचहरे चौतारी राखिएको हो ।
तर यसपालीको मुद्दा भने शायद पहिलो होला त्यसैले आज यहाँ केटा केटी बुढा बुढी खप्लकै गाउ नै खनिएर आएका छन् । कति ले त काम काज नै ठप्प पारेर आएकाछन। प्राय आईमाई र केटी हरु एक आर्का सँग कानेखुसी मै ब्यस्त देखिन्छन । सबै ठेलम्ठेल गरेर सुनमया लाई हेर्दै जादै गर्छन तर सुनमाया बादलिएको मुख निहुरायेर बसेकी छ। एउटा जमघट बाट आबाज आउछ “हाम्रा कति छोरी चेली बिगारे यी बजिया पुलिस का डागाले त्यसको कुनै लेखाजोखा छैन तर आज यो नखर्माउली पुलिस्नीले हाम्रा छोरा लाई एक दुई दिनछुट्टी मा आएको मौका छोपी मिथ्या दोस थुपार्दै छे ।”
वास्तब मा एकातिर बाट सोच्दा ठिक्कै पनि होला तर आबेग र आक्रोस्मा आयेर कसैको पनि भलो हुदैन आखिर जुन्सुकै कोण बाट हेरेपनी एक नारीको अस्मिता र जिन्दजी को सबाल थियो गाउले सिधा केटी हुन वा पुलिस्नी लुटिने र बलात्‍कृत हुने त नारिनै हो। यो सब बुझेरनै गाउ का बुद्धीजिबी र जानेसुन्ने मान्छेले यो कचहरी राखेका हुन। कचहरी सुरु हुन केही छिन् मात्र बाँकी थियो अचानक हुरीबतास सुरु भयो असिना संगै मुसल्धारे पानी पर्न थाल्यो। सबै तितर बितर भएर ओत खोज्दै यता ऊता लागे सुन माया भने त्यहि घोसेमुन्टो लाएर रुझीरही। असिनाको चुटाइ नी धेरै खाइ सबै ले आखिर मा एक्लै छोडेर गये सुनमया लाई।
अचानक कसैले सुनमाया को कुममा हात राख्दै भन्यो” सुनु म आइपुगे तिमलाई लिन म, म, म, तिम्रो राज” । सुनमाया ले ठम्याउनै सकिन यो सपना हो की या बिपना येसो सिर घुमाएर हेरी उ उसको राज थियो अनी जुरुक्क उठेर बोली “राज यो के हो सब हाम्रो मायाको ?????????????”
सुनु त्यो सब षड्यन्त्र थियो हामी लाई अलगपार्ने, अब तिमी पिर नगर म आइपुगे ।
दुबै जना हात समातेर हुरी बतास र मुसल्धारे बर्सात लाई चुनौती दिदै जान्छन एक नयाँ गन्तब्य तिर रुझ्दै ।,,,,,,,,रुझ्दै,,,,,,,,,,रुझ्दै ,,,,,,,,,,,,रुझ्दै,,,,,,,,,, रुझ्दै ,,,,,,,,,,रुझ्दै ,,,,,,

के अमर दिप
दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *