Skip to content

मनकी रानी


मेरी मनकी रानी तिमी, सपनीमा आउँछौ सधैं
आँखा खोल्दा बिपनीमा, याद बनी छाउँछौ सधैं।

कति राम्रो सुहाएको, तिम्रो त्यो शरीरमा
छिट्को सारी मखमली, चोली मात्रै लाउछौ सधैं।

बत्तीस लक्षणले युक्त तिमी, मेनका र उर्बशी झै
जिन्दगीका हरेक मोडमा, सुखै सुख पाउछौ सधैं।

बस् अब दुई पल मात्र बाँकी छ, मिलन हुनलाई
अनि त्यो मधुमासमा, बेहोसमै रमाउँछौ सधैं।

प्रेमको कहानीमा, मख्खै पार्ने स्वर बनाई
मनै मनका धुनसँगै, मिठो गीत गाउँछौ सधै।

प्रेम
हाल दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *