कसैले बालिदिन्छन सुरुमा
ठुलो कस्ट साथ
निभ्न दिंदैनन हावा हुरी र पानी छेकेर
सुरु गर्छ आफैं बल्न
जति बल्छ घट्दै जान थाल्छ
खरानीमा बदलिन्छ
चुरोट र चुरोटको जीवन
जीवनबिच कस्ट यात्रामा
हाबा हुरी सहँदै
कसलाई फुलाउने, कसैलाई सल्काउने
नसाको चुर आनन्द लिंदै
कसैलाई ताप दिदै
कति आफू सिध्धिंदै
धुवाँको सेतो लहरमा
जल्दै बढ्यो
जीवन घट्यो
चुर नसाको विभत्स आनन्दमा
चुरोट र चुरोटको जीवन
पर्खेर कुरेको, कुरेर पाएको
नसोचिकन, नसम्झिकन खोजेर आएको
धुबाको बेग आगोको धिप धिप जस्तै
जीवनको एक बिन्दुमा
हराएको धुबाको छायाँमा
निभेको ठुटो चुरोट
दाउरामाथि पिताम्बर ओडेर
डढेर खरानी भो
फुटबलको अन्तिम गोलले गेम सिद्दिएझैँ
भरी प्यालाको नशा रित्तिएझैँ
निभेको आगो, जीवन र चुरोट
चुरोट र चुरोटको जीवन
syanghasahitaya.wordpress.com

good concept sath…
good concept sath…
जीवन बीच कस्ट यात्रामा
हाबा
जीवन बीच कस्ट यात्रामा
हाबा हुरी सहदै
कसलाई फुलाउने,कसैलाई सल्काउने
नसाको चुर आनन्द लिदै
कसैलाई ताप दिदै
कति आफु सिदिदै
धुबाको सेतो लहरमा
जल्दै बढ्यो
जीवन घट्यो
चुर नसाको विभत्स आनन्दमा
Nice poems keet count………
thank you poem man parayako
thank you poem man parayako ma