Skip to content


जिन्दगी यो रामछाया, कर्कलाको पनि भन्छन
भन्छन जड हो जीवन, कोही आँखाको नानि भन्छन
भीडभाड यो दुनियामा, सहाराहिन बाँचेको छु
तर पनि उनकै लागि, यो जिन्दगी साँचेको छु ,

कहिलेकाहीं ऐचो पैचो, झुठो हाँसो हाँसे पनि
आत्मबिस्वास फुलाउदैछु, दिलको खेत खनी खनी
यथार्थमा के हो जीवन, अर्थ खोज्दै छु म
अर्थ लाग्ने जिन्दगीको बाटो रोज्दै छु म ,

जाउ जाने ठाउ छैन, बसु आफ्नै घर छैन
मरुभूमि भयो जीवन, मन बुझाउने ठाउ छैन,
आफ्नाहरू जहिले पनि धाक धक्कु खेति गर्छन
सहारा पो कसले दिने सबै सबै आँखा तर्छन,

जिन्दगी यो कहिले काँही सलाई पारि झोसौ लाग्छ
कहिले आफै त्रिशुल डामी गाउतिर पसौ लाग्छ
रहर मेरा कात्रो ओडी चिता चडी जाली गए
नामाकरण गर्न अब साहित्यका सन्तान रहे,

एक दुई गरी मैले मझेरीमा साँचेको छु
सपनीमा आमा रुदा म चहि मस्त हाँसेको छु
लुछिन अरे फेरि आमा सुन्छु यता परदेसमा
कपुत जति छिमेकीकै पाउ मोल्छन स्वदेशमा,

यो जिन्दगी के बाच्नु खै दासता खोल ओडी
स्वाभिमान बिक्रि गरि के पाउनु छ अर्थ जोडी
दासतामा जिउनु भन्दा मृत्यु बेश बलिदानी
किन गर्ने देशको लागि मर्नलाई आनाकानी,

लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन ,

1 thought on “जिन्दगी”

Leave a Reply to ALONE.GS Cancel reply

Your email address will not be published. Required fields are marked *