Skip to content

मोरी त पोइल पो जना लागि रे

दुईदिन टाढा हुँदाखेरी तिमी अर्कै भाकी छौ रे
छोरा छोरी रुवाइ रुवाइ चौतारी मा धाकी छौ रे

ठुलै चर्चा गर्छन् होला गाउ घर का सबले तिम्रो
तिमी भने मक्ख पर्दै लाली पाउडर लाकी छौ रे

दु:ख सम्झी यहाँ मैले यहाँ रातदिन नङ्रा घोट्छु
घर खर्च को जमै पैसा मेरिज खेली उ डाकी छौ रे

‘डिस,को’अनी’रेस्तुरेन्ट’मा’बियर’अनी’हुस्की’तान्दै
खै किन हो मलाई छोडी अर्कै लाई पो ताकी छौ रे

बिर्सियौ नी किन तिमले अग्नीको त्यो सात फेरो
जीवन साथी ठान्थे मत साझा बस पो भाकी छौ रे

2 thoughts on “मोरी त पोइल पो जना लागि रे”

  1. तिर्थ(यात्री)पौडेल l

    तिर्थ(यात्री)पौडेल l
    गजल
    राम्री फेर्दै दिने पिच्छे डिस्को तिर धाउछौ अरे
    मिठो मिठो खानाहरु स्वाद लिदै खान्छौ अरे,

    नारि पुरुष बराबरी समान हक भन्थौ पहिले
    मैले चाँही डिस्को जाँदा हिड्न आँटी भन्छौ अरे,

    दोहोरि र डिस्को छिरी हुस्की,बियर ,वाइन अनि राम्रिसंग
    अंगालोमा बेरिएर लड्ड भइ बस्छौ अरे ,

    पैसा जति सुर अनि सुन्दरीमा खर्च गरि ,
    साथि भाइलाई कमाइ छैन,भन्दै चिप्लो घस्छौ अरे
    हाल;बहराइन ,

Leave a Reply to prem babu Cancel reply

Your email address will not be published. Required fields are marked *