Skip to content

आज फेरि तिमीलाई सम्झदैछु


आज फेरि तिमीलाई सम्झदैछु खै किन हो
जिन्दगीका पानाहरू रंगाउँदैछु खै किन हो

हेरक पटक जिउछु भन्छु जिउन उति कठिन हुन्छ
हारे पनि समयलाई भगाउँदैछु खै किन हो

तिमी सामु आएपछि मनमा अनेक रहर अनि
मरिसकेका आसालाई सजाउँदैछु खै किन हो

के हुने हो भोलि यहाँ थाहा छैन मलाई नि
ओइलिएको मनमा आसा जगाउँदैछु खै किन हो

सपना देख्ने आँखाहरू टोलाउदा नि लोलाउदा नि
अलपत्र परेलीमा बगाउँदैछु खै किन हो

योग राज,
हाल’दुबइ’

2 thoughts on “आज फेरि तिमीलाई सम्झदैछु”

  1. गजल एकदमै राम्रो छ
    यथार्थबादी

    गजल एकदमै राम्रो छ
    यथार्थबादी भाबना बोकेको छ

  2. धन्यवाद’ राम कुमार जी तपाईंको
    धन्यवाद’ राम कुमार जी तपाईंको कमेन्टस् पढेर एकदम खुशी लाग्यो

Leave a Reply to ramkumar Cancel reply

Your email address will not be published. Required fields are marked *