Skip to content

रातो माटो घर बित्ता पोत्नलाई


रातो माटो घर बित्ता पोत्नलाई
माया लाउनु जिन्दगी काट्नलाई
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको,

रातो साडी चौबन्दी चोलीमा
मोहनी पो छ कि त्यो बोलीमा
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको,

मुस्कान मिठो ओठको लालीले
मन चोरी बिचकी कालीले
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको,

कालो केश कम्मेमा झारेर
नहेर भो नखरा पारेर
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको,

रातो माटो घुमाउने पाखाको
हेराइ मिठो गाजलु आँखाको
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको,

लखनपुर३, झापा, नेपाल,
हाल: बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *