तिर्थ(यात्री)पौडेल
गजल
देउरालीको बाचा सम्झी तिम्रो पछी लागे सानु
अर्कैसित लागे पनि तिम्रै हात मागे सानु,
अतितको रंगिन पल संगै खेल्या मनभरी
सम्झनामा आइ रयो रातैभरि जागे सानु
तिमि भन्छौ छोड मेरो पछी लाग्न आजै देखि
यो मनको मन्दिरमा तिमी मुर्ति राखे सानु,
अर्को को हो मेरी देबी मन्दिरबाट चोरि गर्ने
भन् तिमि कसो गरौ उसलाई मैले दागे सानु,
देउरालीमा बाचा कसम संगै जिउने खाए पछी
किन रोज्यौ अर्को मान्छे तिम्रो राय मागे सानु,
लखनपुर,३ झापा,नेपाल,
हाल;बहराइन ,