लालुपाते फुल्यो लेकैमा
किन किन माया बस्यो पहिलो भेटैमा
तिमी उता सल्लेरीकी म चाँही सिस्ने गाउको
हात समाई अघि लगाई लिई जाने दाउ हो
जान्न नभन माया लाएको छैन नभन
शिरमा दिउला शिरफूल पाउमा दिउला पाउजु
हिड्न तिमीलाई सारो परे मोटर लीइ आउछु
तिमीलाई अघिलगाइ मेरो घर जान
यस्तो मौका फेरी आउन्न मेरो कुरा मान
लान्छु तिमीलाई मेरी माया जान्न नभन
माया लाएको छैन नभन,
हिमालको हिउ जस्तो त्यस्तै गोरी तिमी
पर्वतकी छोरी तिमी हेरी च्यान्टी मोरी
पुणिमाकि जुन जस्ती मेरो साथ हुदा
दिनमा पनि रात जस्तो तिमी दूर हुदा
हात समाई जाउ घुम्न ,जान्न नभन
माया लाएको छैन नभन,
लखनपुर ३, झापा,नेपाल,
हाल;बहराइन
