Skip to content

शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी


शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
पूर्णिमाको जुन बनी अँधेरीमा छाऊ तिमी

शब्दसँग प्यार भई माया बढ्यो अलि अलि
गीत बनी दीन-दु:खी घडेरीमा गाऊ तिमी

बिना अर्थ गफ चुटी दिन फ्यालछन पधेर्नीले
गजलका शेर लिई पँधेरामा धाऊ तिमी

गजलको बाढी ल्याउन मेघबानी उड्नु पर्छ
एक्लै भेटौं लागे मलाई देउरालीमा बोलाऊ तिमी

लखनपुर-३, झापा, नेपाल
हाल: बहराइन

सम्पूर्ण गजलका सर्जकहरूमा समर्पित

Leave a Reply

Your email address will not be published. Required fields are marked *