Skip to content

तिर्थ(यात्री)पौडेल
गितिकबिता
अनुभूति
आज राती सपनीमा हजुरलाई देखे
के छ ज्यानको खबर भनि फोन गरि सोधे
आँखाहरु के लागेथे चलाउनु भो आइ
धेरै भाथ्यो नदेखेको डर लाग्यो मलाइ
बिरामी पो पर्नु भोकी कपाल दुखिकन
कतै आपद आइ पर्यो कि अतालिन्छ मन,

सपनीमै भए पनि कति मिठो मिलन
आउनु भयो सुम्सुम्याउनु भो आन्नद भो यो मन
केश राशी खेलाउनु भो हजुरले पहिले
चुम्मनको वर्षा शुरु गरि हाले मैले
त्यस पछी अंगालोमा बाँधा बाँध गर्यौ
थाहै भएन कति बेला दुवै जना झर्यौ,

छामे मैले बिउतिएर् बिपना होकी भनि
बोलाएछु अनायासै मेरो हजुर भनि
सपनाको श्याद पनि कति मिठो आज
सम्झिएर घरी घरी लाग्छ मलाइ लाज
अहिले पनि लाग्छ मलाइ संगै बसेका छौ
टाठा टाठा भए पनि मनमै बसेका छौ ,
लखनपुर ३,झापा,नेपाल
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *