Skip to content


चौतारीमा आज मलाई पर्खाएर गइन् उनी
आइन् यतै, बाटो आँखा तर्काएर गइन् उनी ,

संगै थियो साथी आज बसेको थियो साथ मेरो
नदेखे झैँ नजर उसलाई कर्काएर गइन् उनी ,

जानलाई बिदा भई साथी मेरो गयो पनि
अदेखामा पुगी माया दर्काएर गइन् उनी ,

आइन फेरि साथ उसको अंगालोमा बाँधिएर
धोके बाज भनी उल्टै थर्काएर गइन् उनी ,

कुन्नी के थियो जादुगरी निर्मोहीको नजरमा
खेल्यौ खेल्यौ लाग्ने खेलमा पल्काएर गइन् उनी ,

लखनपुर ३,झापा,नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *