मिलन छ दुई मुटुको, प्रभात झट्ट नआइदे न
अंगालोमा बाँधिएका छौ, कुखुरा नकाराइदे न,
आज उषा नआए हुन्थो बाटो भुली सविताले
मन मिलि सकेको छ, लालिमा नछाइदे न,
धेरैपछि आज दुई मन बाँधिएर मधुबनमा
डुबेका छौ मदहोशी भै, चाँदनी नउदाइदे न,
पियारले सजिएर भुलेका छौ बाहुपासमा
इच्छा पुरा नहुन्जेल, दिवाकर नआइदे न ,
तिर्थ (यात्री) पौडेल,
लखनपुर-३, झापा, नेपाल
हाल: बहराइन,
