Skip to content

हरेक साँझ म पिएर मात्तिएको हुन्छु


हरेक साँझ म पिएर मात्तिएको हुन्छु
उदास यो जिन्दगीदेखि आत्तिएको हुन्छु

धुजा धुजा भै फाटेको जिन्दगी चलाउन
टाल्छु यता, उता तर च्यातिएको हुन्छु

बगर यो एक्लो हुदा जिस्काउँछन् लहरहरू
चुम्छ अनि उसै गरी फ्याँकिएको हुन्छु

मेरो जीवन मेरै मात्र भनुँ भनेदेखि
छताछुल्ल भै पोखिएर बाँडिएको हुन्छु

रोहित असीम
हाल: दोहा, कतार

2 thoughts on “हरेक साँझ म पिएर मात्तिएको हुन्छु”

  1. गजल:
    आफ्नै मात्र माथी,जैले

    गजल:

    आफ्नै मात्र माथी,जैले जैले कुरा।
    लाई रन्छौ जैले,वचन को छुरा।।१

    सुकलान आँत,झर्लान केस दाँत।
    कैले लाउँछौ सिंदुर,कैले हो चुरा।।२

    बगि जाने पानी,जस्तै हो जवानी।
    ओहिली जाला बैँस,बनेर अधुरा।।३

    न रन्छ यौवन,न त रन्छ जोवन।
    झरि जाला ईक्षा,नभएरै पूरा।।४

    हुँदैन पुन्य,जीवन हुन्छ सुन्य।
    सुन्यै हुन्छ घर,नरोहेर भुरा।।५

Leave a Reply to Bibas Regmi Cancel reply

Your email address will not be published. Required fields are marked *