गुलाबको थुँगामा पनि गजल छ !!
बगरको ढुंगामा पनि गजल छ !!
बरैमा परी तर्ने वारी गर्ने फेवा !
पोखराको डुंगामा पनि गजल छ !!
फूल कोपिलामा मात्रै हेर्छौ कति !
पातीको हाँगामा पनि गजल छ !!
खुरुरुर जानु हजुर बारीमा हेर्नोस !
केराको भुंगामा पनि गजल छ !!
भित्रि मनको भाव कुनामा नपाए !
ओठ माथिको जुंगामा पनि गजल छ !!
हाल-दोहा कतार
