Skip to content


कसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बनें
अचानक घाइते मुटु दुखेर पागल बनें

सागरमा भावनाका छालहरू कहाँ खोज्नु
हेर्दा ह्रर्दै मनको खोली सुकेर पागल बनें

बिचल्लीमा रमाउने बानी परेछ कि कुन्नि
घाउमाथि मलमको साथ छुटेर पागल बनें

सम्बन्धमा मिठो माया नपच्ने भो कसलै नि
लटरम्म भै नफले नि झुकेर पागल बनें

आफन्तका घातहरूको र पराइका साथहरूको
चोखो माया मनभित्र पुगेर पागल बनें

3 thoughts on “पागल बनें”

  1. समग्रमा भन्नुपर्दा गजल
    समग्रमा भन्नुपर्दा गजल श्रृङ्गार रसमा छ । अाक्षेरिक सन्तुलन्र लगभग समान छन् तर पूर्ण भने छैन । अझै अलि प्रयास गरेर गजल बहरमा लेख्न सके साह्रै सुन्दर हुने थियाे । त्यसैले मेराे शुभकामना छ अागामी िदनमा बहरमा लेखिएका गजल पढ्न पाइयाृस ।

    gorkhesailo@yahoo.com
    गजल कुटेरी, बिशालमार्ग, नारायणगढ, िचतवन,नेपाल ।

  2. spandan sang jeeeeeeeeeeee
    spandan sang jeeeeeeeeeeee ramro dherai ramro lagyo tara dhukhalagyo ke spandan ta mero name ho tesaile dhukhalagyo.

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *