Skip to content

यौवनका फूलहरू फुलेकै त राम्रो

  • by


यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

फूल पनि फुल्न खोज्छन् घामपानी मिल्दा
समझदार भएर खुलेकै त राम्रो ।

द्यौरालीमा पर्खिबसें आँखा डुलाएर
चौतारीमा बोलाएर भुलेकै त राम्रो ।

मनको फूलबारीमा रोपिएर फूल
भँमरा भै लटि्ठएर डुलेकै त राम्रो ।

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *