राजधानी पसेको पनि लगभग दुइ वर्ष बितिसकेछ, कति चांडो बित्छ समय पत्तै हुदैन भन्या । संगै धूलो, मैलो, माटो र गोबरमा खेलेका साथीहरू कत्ति माथि पुगिसकेका यो देखावटी जीवन जिउनेहरूको भीडमा ।
शनिबारको दिन, गाउँघरकै साथीहरू आए मेरो कोठामा। म प्रफुल्तित थिएँ – साथीहरू मात्रै भए पनि त मैले पाए नि आफन्तको रूपमा पाएँ नि यो बिरानो ठाउमा भनेर ! साथीहरूलाई मिठो परिकार खुवाउन नसके पनि चिया र बिस्कुट सम्म अगाडी राखिदिन पाउनु मेरो सौभाग्य थियो र औकात पनि । चिया र बिस्कुट अगाडी राखिदिएँ – साथीहरू त मुखामुख गर्न पो थाले त ! सरासर चिया मात्रै पिएर जराक-जुरुक उठेपछि एउटा साथीले भन्यो- “ऊ त्यो प्लेटको गोजीमा हाल् न! घरबेटीको पप्पीले रुचाउन त रुचाउँदैन, त्यही पनि फाल्न भन्दा…..।”
म अचम्ममा परें गाउँतिर चारदिनको बसी सुख्खा रोटी र मकैका ठेट्नाका लागि भाई-बैनीसँग लड्ने मेरा साथीहरू, आहा ! कति परिवर्तन भएछन राजधानी पसेर…….. ।

राम्रो लाग्यो कथा ।
राम्रो लाग्यो कथा ।
यो एउटा समस्य हो । यसले
यो एउटा समस्य हो । यसले भविष्यमा विकराल रुप लिनेछ !