Skip to content



पत्रिका हातमा लिएर नाँच्नु नाँच्यो ऊ तर ननाँचोस् पनि कसरी? उसको आजको राशीमा लेखिएको थियो-प्रेममा सफलता, आर्थिक लाभ, मिष्ठान्न भोजन, स्त्री जतिको बिशेष सहयोग आदि इत्यादि । तर पत्रिका पढिसकेर साथीहरूलाई देखाउन भर्यांङ्को सिढी झर्दै गर्दा अचानक ऊ चिप्लिएर लड्यो र अनायासै बेहोस् भयो ।

परिवारका अन्य सदस्य हरूले उसलाई हस्पिटल पुर्याए । उसको एउटा हात अनि एउटा खुट्टा भाँचिएको रहेछ । बेलुका हात खुट्टा प्लास्टरपछि ऊ घर फर्कियो र पलंगमा निराशाताकासाथ पल्टियो। केही पर उही बिहानको पत्रिका देखेर रिसले चुर हुदै लतारिदै पत्रिका नजिकै पुग्यो र त्यही पलास्टर गरिएको हातले थिचेर अर्को हातको सहायताले पत्रिका झुरा झुरा पार्दै आफैले आफैलाई लोप्पा खुवाउदै भन्यो- “इस् खा आजको राशीफल” ।

मित्र पाठक
देवचुली-८, नवलपरासी
हाल: कीर्तिपुर, काठमाडौँ
९८४१४८२२५२

2 thoughts on “इस् खा आजको राशीफल (लघुकथा)”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *