Skip to content


मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !

संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !

फैलाएर फेरि पनि कालो पखेटा
उडी जाने समयले तिम्लाई छल्यो कि !

जति कहर काटे पनि नपाएर सुख
मनभित्र विरहको हुरी चल्यो कि !

बिरह र बेदनाले खसालेर आँसु
दुख जिलो गर्दा गर्दै जीउ गल्यो कि !

शरण आँसु
पोखरा

2 thoughts on “मेरो बाटो”

  1. हर नेपालीको वेदना!
    तर, के छ र

    हर नेपालीको वेदना!
    तर, के छ र सर, यसो १२/१५ दिन बिदा लेर पूर्वतिर हानिए त केही घन्टामै घर पुगिहाल्नुहुन्छ नि!
    हामीजस्तो सात समुद्र पार हुनेको भन्दा त धेरै सहज छ नि, हैन र?
    🙂

    1. तपाई हरु जस्ता सात समुन्द्र

      तपाई हरु जस्ता सात समुन्द्र पर का नेपाली मन मा झन् कति छचलकिन्छ होला यो देश र आमाको माया !
      प्रतिक्रिया को लागि धेरै धन्यवाद.

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *