Skip to content


हाम्रा विकल
बसन्ती पालुवा हुन्
राम्रा विकल

शीत नसुक्दै
क्षितिज नरंगिदै
विकल देखे

सागर सरी
इन्द्रावतीको छाल
शीतल सन्ध्या

प्रत्येक आज
विकल फक्रिंदैछ
आरुबारीमा

हर दृष्टिमा
धपक्कै आरुबारी
फुच्चे गुराँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *