Skip to content

तिमीसंगको त्यो पहिलो रात भुल्या छैन


ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन
रातो लाली मेरो ओठमा सरेको भुल्या छैन

झरना सरी झरेको केश, मुहारबाट हटाएर
चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन

तिमी नौलो म ‘नी नौलो, हामी थ्यौ नौलो
नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन

साह्रै थ्यौ तिर्खाएका, हामी दुई ‘एक’ प्यासी
मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन

अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ
स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन

तिम्रो मस्ती मेरो मस्ती, खै के के भो मस्ती
भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन

आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ
ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन

1 thought on “तिमीसंगको त्यो पहिलो रात भुल्या छैन”

Leave a Reply to Kiran kc 'Anurag' Cancel reply

Your email address will not be published. Required fields are marked *