Skip to content


नीलो नीलो आकाश छ
नौलो नौलो आभास छ

तिमि तर्कि हिडे पनि
तिमि फर्की गए पनि
रंगी चंगी संसार यो
सागर झैँ विशाल यो

तिमीमा मायाको सुवाश छ
नीलो नीलो आकाश छ -2

चंचल तिम्रा नयन छन्
तिम्रा मन्द मुस्कान छन्
यो धड्किने मुटु भरि
यो तडपिने मनै भरि

तिम्रै प्रेमको प्यास छ
नीलो नीलो आकाश छ-2

निस्ठुरी यो संसार मा
विलाशी यो बजार मा
लिई तिम्रा सारा दुख
दिई मेरा सबै सुख

तिमीसंगै जिउने आश छ
नीलो नीलो आकाश छ-2

Leave a Reply

Your email address will not be published. Required fields are marked *