Skip to content


कसैलाई नभन्दिनु मेरा मनका भेदहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू

आजभोलि चारैतिर हाम्रै कुरा चल्छ क्यारे
सुनेको छु तिम्रो मनमा मेरै कुरो खेल्छ क्यारे
कति राम्रो हुन्थ्यो होला तिम्रो साथ पाएपछि
कति असल हुन्थ्यो होला तिम्रो माया पाएपछि

सुस्त सुस्त चलाउनु मेरा तर्फ डेगहरू
बिन्ती मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू

म त तिम्रै सपना बोकी सधै हिड्छु काँधभरि
डर लाग्छ कता कता टुट्ने हो कि बाँधसरि
साँचेकोछु मेरै माया तिम्रो लागि यादभरि
रोजेको छु त्यहि बाटो फर्की आउँछ साँधपरि

अलि अलि सुनेको छु तिम्रा मनका बेगहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू

कसैलाई नभन्दिनु मेरा मनका भेदहरू
बिन्ति मेरो सुनाई देऊ तिम्रा मनका लेखहरू

http://www.suman24.blogspot.com/

1 thought on “मनका लेखहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *