Skip to content


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी

च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफुलाई दिनहरुको माझमा
गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला

1 thought on “यसै गरी बिताईदिन्छु”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *