Skip to content

बुद्धलाई सलाम


शान्तिका अग्रदुत गौतम बुद्धलाई सलाम्
छोटो जीवन लामो यात्रा गर्नेलाई सलाम्

ठुलालाई सम्मान गर सानालाई माया
कस्तो राम्रो गीत उन्को नीतिलाई सलाम्

काटमार नगरौँ है सास सबको यौटै
बसाएथे नीति उनले थितिलाई सलाम्

छैनन उनी हामी माझ छोडी गए सन्देशहरू
आज उन्को जन्मदिन तिथिलाई सलाम

२०६८ जेष्ठ ३ गते मंगलवार
बुद्धम शरणम गच्छामी

मरुभूमिको छातीबाट
स्याङ्जाली रमेश

1 thought on “बुद्धलाई सलाम”

Leave a Reply to rms Cancel reply

Your email address will not be published. Required fields are marked *