Skip to content

मनबाटै माया पलाउँदा सम्झनु

  • by


मनबाटै माया पलाउँदा सम्झनु
बहकिइ मुटु डराउँदा सम्झनु

अघिपछि फुर्सन नमिले पनि
साँझमा दिप जलाउँदा सम्झनु

खुसीमा नसम्झिए पनि हुन्छ
विपतमा आत्तिइ डराउँदा सम्झनु

रङ्गिन मौसममा याद नआए पनि
दुःखले अलि बखराउँदा सम्झनु

सुखमा साथ अरूले दिए पनि
सत्रुले दागाधरि कराउँदा सम्झनु

युवामञ्च २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *