Skip to content

जल्छन भने आरिसे जल्नदेऊ

  • by


जल्छन भने आरिसे जल्नदेऊ भैगो छोड
दन्दनी भित्रभित्रै बल्नदेऊ भैगो छोड

सत्य कहिल्यै लुक्दैन झुट कहिल्यै टिक्दैन
आँखा छोपी दुनियाँ छल्नदेऊ भैगो छोड

विचारको खम्बा टेकी दह्रो गरि उभिनु
कमजोर् छ मानसिक्ता ढल्नदेऊ भैगो छोड

गल्ती गरे आफै माफी माग्नुपर्छ मान्छेले
पश्चतापमा माटो झैं गल्नदेऊ भैगो छोड

राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *