आशाको दियो निभेको भए
तेल थपेर हेर !
मेरो नाम भुलेको भए फेरि
एक पटक मेरो नाम लिएर बोलाई हेर !
अझै पनि मेरो याद आएन भने
आफ्नै मनलाई सोधेर हेर !
अझैँ पनि मलाई चिनेनौ भने
मेरो नाम लेखेको डायरी पढेर हेर !
तिमीले मलाई नजिकबाट चिनेको छैन भने
कसैलाई नसोधी आफ्नै मनलाई सोधेर हेर !
शीतल सुब्बा,
सिक्किम,गान्तोक
हाल: ईजराइल