खै उसले जितेर गयो कि हारेर गयो
कसरी भनुँ मरेर गयो कि मारेर गयो
नयनको यो मदिरा माग्यो पिलाइदिएँ
बिचरोले सद्दे बानी बिगारेर गयो
आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो-रित्तो
मन-मथिङ्गल मेरैछेउमा थुपारेर गयो
‘ढेर आएको त्यो इमानको च्यादर
आज उसले यतैकतै उतारेर गयो
उज्यालोदेखि शायद डराउँछ होला ऊ
मध्यरातमा किन ढोका उघारेर गयो?
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
