एक)
तिम्रो काखलाई सिरानी बनाउने मन छ
मुटुमा सजाइ आफ्नी बनाउने मन छ
दुनियाको अगाडि हाम्रो जोडिलाइ
मलजल गरेर नामी बनाउने मन छ ।
दुई)
मुटुमाथि ढुङ्गा राखी हाँस्ने रहर कहाँ छ र ?
जन्मभूमिलाई नसम्झेको प्रहर कहाँ छ र ?
साहुको ऋणले कहिल्यै छोडेन र पो,
तड्पी तड्पी परदेशमा बस्ने रहर कहाँ छ र ?
तीन)
खाँदैन मेरो मायाले तिम्लाई कटक्कै किन
लाग्दैन मेरो माया तिमीलाई पटक्कै किन
सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी थियौ
भुली गयौ तिमीले मलाई चटक्कै किन ।
