संविधान लेख्ने कलम बन्न बाँकी नै छ
कति कति माग रैछ गन्न बाँकी नै छ ।।
सभासदको पद पाएँ, भत्ता खान पाएँ
भन्दै बसे म्याद अझै टन्न बाँकी नै छ ।।
घुम्दा घुम्दै अबेर भयो जब पर्यो रात
एक पल्टलाई म्याद सर्यो भन्न बाँकी नै छ ।।
झुठा मात्रै कुरा गर्यौ जनताका सामू
आफैं खस्ने खाल्डो अझै खन्न बाँकी नै छ ।।

सृजनाजी अब नेपालमा राट्रभक्ति गजल
सृजनाजी अब नेपालमा राट्रभक्ति गजल होइन प्रेम भक्ति गजलको खाँचो छ ।
संविधान लेख्ने कलम बन्न
समसामयिक विषय अनि सुन्दर र सरल शब्दहरूले गर्दा होला तपाईँका रचनाहरूले व्यापक फेसबुक-लाइक पाउँछन् । लेख्तै जानुहोला ।