यौवनताले परिपूर्ण दिनै पार्छन् रात प्रिया
मदमस्त जवानी छ मिल्छ हातमा हात प्रिया
यौवनको पूजा पाठ केवल प्रेम पूजा हुन्छ
त्यतिबेला तीनै लोक देख्ने उठ्छ मात प्रिया
जोसमा होस मिलनमा राख्न पर्छ राखौं राखौं
विहोल पना बढ्न गए हुन सक्छ घात प्रिया
यो संसार रमाइलो छ मद मादक्तामा झुम्दा
अरिङ्गलले टोक्न सक्छ गर आत्मसात प्रिया
मानवले मानवमा लौ मानवता राख्दै जाँदा
सवल मन एकल भाव गए जान्छ जात प्रिया
