हिमालदेखि तराईसम्म नेपालीको भेक
धान फल्छ तराईमा चौरी चरन लेक
ममताको घैंटो सवको अति हुन्छ गहिरो
सवल कर्म भरिपूर्ण मान्नु छैन उदेक
अहम्ता र विवशता अलग हुन्छन् पथ
अहम्तामा बाँच्नेसँग कहाँ हुन्छ विवेक
गरिवीको सागर ज्वारभाटा भै बगेको छ
विकास पर्खाल उच्चपारीे लाउनु पर्छ छेक
सर्ब पक्ष सवलता सुकर्मको भाग
महान् हुन्छ सुकर्म भाग महामीठो केक
