Skip to content

काले-काली (तीन मुक्तक)


(१)
जिन्दगी संघर्ष हो, धेरै हरेश नहोऊ ‘काली’
बितेका ती पलहरु, सम्झेर अव नरोऊ ‘काली’
हार पछि जीत पनि पछ्याउँदै आउँछन् अरे,
नया सपना संगालेर, लड्न तयार होऊ ‘काली’

(२)
नलुकाऊ पीर-व्यथा, जीवनलाई मात दिन्छ
यात्रा विथोल्न सक्ने, अन्धकार रात दिन्छ
नभिजाऊ ती नयन नदुखाऊ त्यो मुटु,
आऊ ‘काली’ समीपमा, यो ‘काले’ले साथ दिन्छ ॥

(३)
कोही कसैले नि नदेख्ने, एकान्तमा जाऊँ
त्यहीँ बसी चोखो मीठो, मायाप्रिती लाऊँ
दीलमा सजाई बेहुली बनाई संगै लैजानलाई,
भन ‘काली’ तिमीलाई, लिन म कहिले आऊँ ?

पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्ज्याङ, सिन्धुली ।

1 thought on “काले-काली (तीन मुक्तक)”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *