हिजोको सपनाले
छाडेको छैन
मानिसहरू भन्दा रोबोट बढी
हाडै हाड
कम्प्युटरले काम सम्पन्न गरिरहने छन्
रोबोट आ-आफ्नै तालले
लुगा लगाइ राखेका
जिङ्ग्रिङ्ग
औषधिले जस्तै
मेसिनले हिँडिरहेका
तिनीहरूलाई पानी, हावा, माटो चाहिँदैन
आकासतिर पनि हेर्दैनन्
प्रश्न गर्दैनन्
सपनामा रोबोटले काम गरिरहेका छन्
मानिसहरू कम,
रोबोट बढ्दै गइरहेका छन् ।

नेपाल भाषाबाट अनुवाद ः कवि स्वयम्बाट

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *