Skip to content

तिमीले मलाई भगाउँदाको मङ्सिर

  • by


तिमीले मलाई भगाउँदाको मङ्सिर ताजै छ
तिम्रो सिन्दुर लगाउँदाको मङ्सिर ताजै छ ।

तिम्रो मेरो हाँसो खुशी बटुलेर आँगनीमा
पञ्चेबाजा बजाउँदाको मङ्सिर ताजै छ ।

छेउमा आई सुम्सुम्याउँदै ‘बाबा’ भन्दा तिमीले
म बेस्सरी लगाउँदाको मङ्सिर ताजै छ ।

सधैँभरि प्रियतमका मुस्काएका तस्वीरहरु
अँदाभरि सजाउँदाको मङ्सिर ताजै छ ।

प्रेममा नै जीवन हाम्रो प्रेममा नै घर संसार
स्वर्गसँग दजाउँदाको मङ्सिर ताजै छ ।

अर्थुङ्गे-म्याग्दी

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *