Skip to content

पूणिर्माको रातमा मात्र सीमित छैन गजल

  • by


पूणिर्माको रातमा मात्र सीमित छैन गजल
प्रियसीको बातमा मात्र सीमित छैन गजल ।

तितेपाती नीम पनि अमूल्य ति औषधि हुन्
गुलाबको पातमा मात्र सीमित छैन गजल ।

जवानी त दुइ दिनमै वैलिएर झर्ने फूल हो
वैशालु त्यो मातमा मत्र सीमित छैन गजल ।

मिलनको एउटा कथा विद्रोहको’नि अर्को बन्द
दुई आत्माको घातमा मात्र सीमित छैन गजल ।

कुइभिर-९ , ओखलढुङ्गा

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *