गुराँसको चौबन्दीले सजिएकी नेपाल आमा !
सप्तरङ्गी पछ्यौरीले ढाकिएकै नेपाल आमा !
धौलागिरी कञ्चनजङ्घा अन्नपूर्ण हिमाल हो !
गलाभरि मोती-माला टल्किएकी नेपाल आमा !
तराईको हरियाली फाँट हुँदै, मेचीकाली !
आफ्नै रुप हेरी हेरी लजाएकी नेपाल आमा !
शिरदेखि पाउसम्म दुलहीझैँ झकमक
स्वर्गपरीझैँ तिमी मुस्कुराएकी नेपालआमा !
बलखु-२, ओखलढुङ्गा
मधुपर्क २०६८ पुस
