Skip to content


रमेश एक निर्दोष व्यक्ति हुन्छ । उसको दाजु राजु चाही अरुलाई ठग्ने गर्दछ । अर्काको घरमा गएर पैसा मलाई चाहियो भनेर सापटी माग्दै हिँड्ने गर्दछ । तर त्यो सापटी लिएको पैसा अरुलाई फर्काउने भने गर्दैनथ्यो ।

एकदिन रमेश एउटा आफन्तको घरमा पुग्दछ । रमेश जुन दिन आफन्तको घरमा पुगेको हुन्छ त्यही दिन त्यस घरमा चोर आएर सामानहरु चोरेर लगेको हुन्छ । आफन्त प्रहरी कार्यालयमा सामान चोरी भएको भन्ने बारेमा रिपोर्ट दिन जान्छ र प्रहरीले त्यो दिन तपाईको घरमा को को आएका थिए भनेर सोध्दछन् ।

आफन्तले त्यो दिन एकजना रमेश हामीलाई भेट्न आएको थियो भन्छन् । साथै रमेशले अरुहरुको पैसा सापट लिएर नतिर्ने गरेको उसको आचरण पनि प्रहरीलाई बताउँछन् ।

त्यसो भए सामान चोरेर लैजाने रमेश नै हुनु पर्दछ भनेर प्रहरीले उसलाई शंका गरी पक्रन्छ । यसपल्ट आफ्नो बानीले गर्दा अनाहकमा ऊ फस्छ ।

अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
मोबाइल ९८४१७९७६६४

1 thought on “परिस्थिति”

  1. छि कस्तो झुर कथा यो भन्दा
    छि कस्तो झुर कथा यो भन्दा राम्रो कथा त ५-६ मा पढ्ने भाई हरुले ले लेख्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *