Skip to content

हामीबीच नयाँ नाता जोड्नेछ मायाले


हामीबीच नयाँ नाता जोड्नेछ मायाले !
तिम्रो मेरो बैरी भाव गोड्नेछ मायाले !

मिलिजुली बस्यौ भने एउटै आँगन
रिसरागको सारा बार तोड्नेछ मायाले !

पुजेदेखि माता पिता इश्वर सबैको
गुनासो त्यो खुशीतिर मोड्नेछ मायाले !

तिमीभित्रै दुख्न थाल्छ अरुकै घाउ नि
अर्पी हेर एकै गरी छोड्नेछ मायाले !

मान्छे तिमी आफैलाई असल बनाउ
तिम्रो सारा मैलो मन्को सोड्नेछ मायाले !

1 thought on “हामीबीच नयाँ नाता जोड्नेछ मायाले”

  1. कस्‍तो परिपक्‍व विचार !
    कस्‍तो परिपक्‍व विचार ! जीवनमा नदेखिने कलामा देखिन्‍छ । मायाको जय होस्‌ !

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *