सुरुमा सियो बनी छिर्छ थाहै थिएन
मान्छे यतिसम्म गिर्छ थाहै थिएन
दोष जति थुपारी अरुको थाप्लोमा
जस सबै आफू भिर्छ थाहै थिएन
खराब मान्छेको संगत गर्दा खेरी
छाँयाले पनि पिर्छ थाहै थिएन
किन दुःख्छ भन्थे मुटु तिम्रो साथमा
तिम्रो नजरमै पो मिलेछ थाहै थिएन ।
ओखलढुङ्गा
युवामञ्च २०६८ माघ
