Skip to content

बीच्च छातीबाटै चल्छ अचेल

  • by


बीच्च छातीबाटै चल्छ अचेल
तीर त साथीबाटै चल्छ अचेल ।

‘टेबुलमुनि’ भन्दै के डराको
टेबुलमाथिबाटै चल्छ अचेल ।

छोरो विदेश गाको निक्कै भयो
घरबार नातिबाटै चल्छ अचेल ।

सके फूल टिपेर चढाइदिनू
नत्र पातीबाटै चल्छ अचेल ।

– काभ्रे

युवामञ्च २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *