Skip to content


गोठेमल चक्र हेर्दा जीवन चक्र लाग्छ प्यारी
गुणस्तर मलबन्दा माटो सबल जाग्छ प्यारी

जस्तो खायो त्यस्तै त्यस्तै जमिनमा आउँछ नै
विघटनको प्रकृयाले कीरा रोग भाग्छ प्यारी

पोषिलो र ओजिलो खाना दाना खुवाउनै पर्छ
यसैबाट विरुवाले खाना तत्व माग्छ प्यारी

जीवनको सबल पक्ष उत्पादन राम्रो हुन्छ
उत्पादन राम्रो हुँदा गरिबीलाई दाग्छ प्यारी

उर्वरक माटो बनाउँ फलाउँ हीरा मोती
कृषक बन्छन् धनी, गरिबीलाई नाग्छ प्यारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *